पोखरामा कांग्रेस–माओवादीको संयुक्त बैठक, राष्ट्रपतिमा पौडेललाई जिताउन ऐक्यवद्धता

पाेखरा | फागुन १७, २०७९

पोखरामा कांग्रेस–माओवादीको संयुक्त बैठक, राष्ट्रपतिमा पौडेललाई जिताउन ऐक्यवद्धता

पोखरा:   ८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेद्वारी दिएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउनका लागि पोखरामा कांग्रेस र माओवादीको संयुक्त बैठक बसेको छ । राष्ट्रपतिमा प्रदेश सांसदहरु पनि मतदाता हुन् ।


त्यसैले प्रदेश सभामा रहेका कांग्रेसका सांसद र माओवादीका सांसदहरुलाई पौडेलको पक्षमा मतदान गर्ने गरी बैठकको आयोजना गरिएको हो । कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा दुवै पार्टीका प्रदेश प्रमुखहरु पनि उपस्थित थिए । 


कांग्रेस सभापति शुक्रराज शर्मा र माओवादीको गण्डकी अध्यक्ष गायत्री गुरुङ समेतको उपस्थितिमा पौडेललाई विजयी गराउनका लागि ऐक्यवद्धता जनाइएको छ । संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेको सक्रियतामा बैठक आह्वान गरिएको हो ।


 ‘राष्ट्रपति निर्वाचनका लागि ८ दलको नयाँ गठबन्धन बनेको छ । सोही गठबन्धनको साझा उम्मेद्वार रामचन्द्र पौडेल हुनुहुन्छ,’ पाण्डेले भने, ‘उहाँलाई निर्वाचित गराउन हामी सबै एकजुट भएका हौं ।’ गठबन्धनका सबै सांसदहरु समेतको उपस्थितिमा १९ गते बृहत बैठक डाक्ने निर्णय समेत भएको पाण्डेले बताए ।

 

 
‘अब १९ गते सबै सांसदहरु समेतको उपस्थितिमा बैठक हुन्छ । पोखरामा नै बैठक गरेर मतदानका लागि जाने योजना छ,’ पाण्डेले अघि भने, ‘दलका नेताहरुबीच औपचारिक भेटघाट गरिएको हो । सांसद ज्यूहरुसँग पुनः बस्छौं ।’ 


बैठकमा सहभागी माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सांसदहरुसँगको बैठकको तयारी भैरहेको बताए । ‘यो बैठक अर्को बैठकको तयारी हो । सबै माननीय ज्यूहरुलाई एकै ठाउँमा राखेर बैठक बस्ने तयारी भैरहेको छ,’ उनी भन्छन् ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्